0%
लोड हुँदैछ...
  • 061590067
  • 9827157000
  • akashpame@gmail.com
  • काठमाडौं, नेपाल

हाम्रो बारेमा

हाम्रो बारेमा

हाम्रो परिचय

हाम्रो इतिहास

आकाश बचत तथा ऋण सहकारी संस्था समुदायलाई सुलभ वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो। स्थापना देखि नै हामी इमानदारिता र पारदर्शितासाथ सदस्यहरूलाई सेवा प्रदान गर्दै आइरहेका छौं।

हाम्रो लक्ष्य

सहकारिताको भावनालाई प्रवर्द्धन गर्दै सदस्यहरूलाई उनीहरूको वित्तीय लक्ष्य हासिल गर्न मद्दत गर्ने गुणस्तरीय वित्तीय सेवा प्रदान गर्नु।

हाम्रो दृष्टिकोण

समुदायमा सबैभन्दा विश्वसनीय र रुचाइएको सहकारी संस्था बन्नु।

नेतृत्व

नेतृत्वबाट सन्देश

हाम्रो अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतका शब्दहरू

अध्यक्ष

सहकारी स–सानो पूँजीलाई एकिकृत गरी त्यसको समुच्चा परिचालनबाट सामूहिक रुपमा सञ्चालनगरिने व्यवसाय भएको हुनाले नेपालमा यसको प्रयोग सफल हुने देखिन्छ । नेपाल जस्तो अल्पविकसित मुलुकमा सहकारी व्यवसायका माध्ययमबाट आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र सांस्कृतिक जर्गेनाको प्राप्त हुन सक्ने सम्भावनालाई पछिल्लो चरणमा राज्य र राज्य सञ्चालकहरुको दृष्टि पुग्न थालेको छ ।
त्यसैले नै नेपालको संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको अवस्था र नेपाल तीन खम्बे अर्थनीति अवलम्बन गरिरहेको छ । यस परिप्रेक्षमा समुदायमा आधारित सहकारी संस्थाहरुको दायित्व केवल व्यवसाय सञ्चालन गरेर मात्र पूरा नहुने भएको छ । आत्मनिर्भर अर्थतन्त्र, अन्तरनिर्भर समाज निर्माण सहकारीले मात्र योगदान गर्न सक्ने कुरालाई दृष्टिगत गरी तदनुरुप पाइला चाल्नुपर्ने जिम्मेवारी बढेको छ व्यवसाय वा सहकारी प्रणाली समाजवादी व्यवस्थाका आधार हुन भन्ने विषयमा आज सबै जना सहमत छन ।
जय सहकारी 

प्रमुख कार्यकारी अधिकृत

वित्तिय संस्था संचालन प्रक्रियालाई जिवन्त रुप दिन संस्थामा कार्य गर्ने सिंगो व्यवस्थापनको क्षमता चुस्त, दुरुस्त, पारदर्शी लगनशिल र सिकेका सिपहरुको कार्यान्वयनमा ध्यान दिई उत्पादकत्वमा वृद्धि गर्न सक्षम हुनुपर्छ । आजको यो प्रतिस्पर्धात्मक र उत्कृष्टताको समयमा संस्थाको फराकिलो सोचलाईपुरा गर्नको लागि निश्चित रुपमा जय मनकामना साकोसको व्यवस्थापन निक्कै नै सक्षम, गतिशिल, प्रभावकारी र आधुनिक हुन जरुरी छ भन्ने कुरामा सचेत रहँदै व्यवस्थापनको नेतृत्वदायी भूमिकाको
हैसियतले प्रभावकारी व्यवस्थापन संस्कारको विकास गर्दै संस्था को रणनीतिक योजनाहरुद्वारा समुदायमागुणस्तरीय, सदस्य केन्द्रित, वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।
साथै हामी व्यवस्थापन पक्षले आगामी दिनमा संस्थाको सेवालाई स्वच्छ, प्रतिष्पर्धी, प्रविधिमैत्री, छिटो छरितो बनाउदै, यहाँले दिनुभएको जिम्मेबारीलाई पुर्ण रुपमा सदुपयोग गरी सहकारी सिद्धान्तलाई शिरोपर गर्दै यस संस्थालाई प्रदेशकै नमुना सहकारी बनाउन हाम्रो हरदम प्रयास रहने नै छ । यस अभियानमायहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दे सुरक्षित, भरपर्दो र नमूना संस्थाको रुपमा अझैं चिरपरिचित बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।जय सहकारी

हाम्रो लक्ष्य

समुदायका सदस्यहरूलाई सुलभ, भरपर्दो र पारदर्शी वित्तीय सेवा प्रदान गरी उनीहरूको आर्थिक स्वावलम्बनमा योगदान पुर्याउनु।

हाम्रो दृष्टिकोण

समुदायमा सबैभन्दा विश्वसनीय, पारदर्शी र सक्षम सहकारी संस्थाको रूपमा स्थापित हुनु।

हाम्रो मूल्यहरू

इमानदारिता, पारदर्शिता, समानता, सहयोग र उत्कृष्टता हाम्रा मूल मान्यताहरू हुन्।

सञ्चालक समिति

हाम्रो संस्थाको नेतृत्व गर्ने समिति

राम बहादुर श्रेष्ठ
अध्यक्ष
सीता देवी थापा
उपाध्यक्ष
हरि प्रसाद पौडेल
सचिव
गीता कुमारी राई
कोषाध्यक्ष
५०००+
सदस्यहरू
२०+
वर्षको अनुभव
१०+
सेवाहरू
९९%
सन्तुष्ट ग्राहक
?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू
कार्यालय समय कति हो?
हाम्रो कार्यालय आइतबार देखि शुक्रबार बिहान १०:०० बजे देखि साँझ ५:०० बजेसम्म खुला रहन्छ। शनिबार र सार्वजनिक बिदाको दिन बन्द रहन्छ।
बचत खाताको ब्याजदर कति हो?
हाम्रो बचत खाताको ब्याजदर ८% देखि १२% सम्म छ। विभिन्न बचत योजना अनुसार फरक-फरक ब्याजदर हुन्छ। थप जानकारीको लागि ब्याजदर पृष्ठ हेर्नुहोस्।
ऋणको ब्याजदर कति हो?
हाम्रो ऋणको ब्याजदर १२% देखि १६% सम्म छ। ऋणको प्रकार र धितोको आधारमा ब्याजदर फरक हुन्छ। विस्तृत जानकारीको लागि ब्याजदर पृष्ठ हेर्नुहोस्।
सदस्य बन्न के गर्नुपर्छ?
सदस्य बन्नको लागि: १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि, २) पासपोर्ट साइजको फोटो २ प्रति, ३) न्यूनतम शेयर रकम रु.१,००० चाहिन्छ। अनलाइन खाता खोल्ने फारम भर्न सक्नुहुन्छ।
ऋण लिन के कागजात चाहिन्छ?
ऋणको लागि: १) नागरिकता प्रमाणपत्र, २) सदस्यता प्रमाणपत्र, ३) धितोको कागजात (लालपुर्जा/ब्लुप्रिन्ट), ४) आय प्रमाण, ५) जमानीदारको कागजात चाहिन्छ।
शाखा कहाँ कहाँ छन्?
हाम्रा शाखाहरूको विवरण हेर्नको लागि कृपया शाखाहरू पृष्ठमा जानुहोस्। त्यहाँ सबै शाखाको ठेगाना र सम्पर्क नम्बर पाउनुहुनेछ।
ATM सेवा छ?
हाम्रो संस्थामा ATM सेवा उपलब्ध छ। विभिन्न शाखाहरूमा ATM राखिएको छ। नजिकको ATM को जानकारीको लागि शाखाहरू पृष्ठ हेर्नुहोस्।
मोबाइल बैंकिङ छ?
हाम्रो संस्थाले मोबाइल बैंकिङ सेवा प्रदान गर्दछ। मोबाइल बैंकिङ सक्रिय गर्न नजिकको शाखामा सम्पर्क गर्नुहोस्।

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्
0%